विराटनगर : मोरङको रतुवामाई नगरपालिकामा खुल्ला नकआउट टी-२० क्रिकेट प्रतियोगिता हुने भएको छ । वडा युवा तथा खेलकुद समिति रतुवामाई-४ को आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
खेलकुद समितिका अध्यक्ष कुमार पौडेलका अनुसार प्रतियोगिता माघ ३ गतेबाट १० गतेसम्म सञ्चालन हुनेछ । रतुवामाईको आमबारीमा रहेको गढी महाराजथानको खेल मैदानमा प्रतियोगिताका खेलहरु सञ्चालन हुनेछ ।
प्रतियोगितामा सहभागी हुन चाहने टिमहरुले पुस ३० गतेभित्र आफ्नो टिम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ । टिम दर्ताका लागि ६ हजार एक सय रुपैयाँ तोकिएको छ । क्रिकेट प्रतियोगिताको प्रथम पुरस्कार नगद ७५ हजार रुपैयाँ र द्धितीय पुरस्कार नगद ४१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । प्रतियोगितामा विभिन्न जिल्लाबाट १६ टिमले सहभागीता जनाउने अध्यक्ष पौडेलले बताए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।