लोड हुँदैछ...

मेनु

प्रलोपासँग गठबन्धन नहुने हर्कको घोषणा, सुदनलाई आफ्नो पार्टीमा आउन प्रस्ताव

प्रलोपासँग गठबन्धन नहुने हर्कको घोषणा, सुदनलाई आफ्नो पार्टीमा आउन प्रस्ताव

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पूर्वमन्त्री एवं प्रगतिशील अभियान नेपाल’का नेता सुदन किराँतीसँग कुनैपनि चुनावी तालमेल वा ‘गठबन्धन’ नहुने प्रस्ट पारेका छ।

आइतबार दुई नेताबीच धरानमा भएको छलफलपछि किराती निकटहरुले सामाजिक सञ्जालमार्फत दुई दलबीच सहकार्य गर्ने सहमति भएको प्रचार गरेका थिए ।

साम्पाङले स्पष्टीकरण दिँदै हल्ला र अफवाहको पछि नलाग्न आग्रह गरेका छन् ।​ आफूले सुदन किराँतीलाई आफ्नै पार्टी ‘श्रम संस्कृति’ पार्टीमा आउन आह्वान गरेको तर किराँतीले उक्त प्रस्ताव अस्वीकार गरेपछि कुरा नमिलेको उल्लेख गरेका छन्।

​‘अफवाहको पछि कोही नलाग्नु होला ! सुदन किराँती जीलाई मैले श्रम संस्कृतिमा आउन आह्वान गरेको हुँ ! मान्नु भएन । कुरा मिलेन । वहाँ अघि बढिसक्नु भएको रहेछ । गठबन्धन हुँदैन, गरिनेछैन’ साम्पाङले लेखेका छन्। ​यसअघि आइतबार भएको भेटघाटपछि नेता सुदन किराँतीले भने संवाद सकारात्मक रहेको र आगामी दिनमा सहकार्य गर्दै अगाडि बढ्ने सहमति भएको बताएका थिए।

किरातीले एकैपटक एकता सम्भव नभएपनि संवादको प्रक्रियाबाट दुवै पक्ष दुई–दुई कदम अघि सरेर फेरि भेट हुने गरी छलफल अगाडि बढेको दाबी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds