लोड हुँदैछ...

मेनु

काठमाडौंको मेयर बालेन शाहले ४ गते राजीनामा दिने, ६ गते झापा आउने

काठमाडौंको मेयर बालेन शाहले ४ गते राजीनामा दिने, ६ गते झापा आउने

विराटनगर । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आउँदो माघ ४ गते राजीनामा दिने तयारी गरेका छन्।

वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका मेयर शाहले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नु दुई दिनअघि मेयर पदबाट राजीनामा दिने तयारी गरेको बालेन निकट स्रोतले जनाएको छ ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्ने दिन माघ ६ गते तोकिएको छ। रास्वपाले आगामी निर्वाचनमा बालेनलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेको छ।

यसबीच बालेनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिँदै झापा–५ बाट उम्मेदवारी दिने तयारी पनि गरिरहेका छन्। यसका लागि उनले आइतबार झापाका नेताहरूसँग डेढ घन्टा छलफल गरे।

ललितपुर–१०, ज्वागलस्थित आफ्नो सचिवालय सदस्य कुमार बेनको घरमा मेयर बालेनले रास्वपा झापा अध्यक्ष प्रकाश पाठक, सचिव शम्भु सुस्केरा सहितको टोलीसँग कुराकानी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds