लोड हुँदैछ...

मेनु

कांग्रेस विशेष महाधिवेशन : सभापति देउवा सहभागी नहुने

कांग्रेस विशेष महाधिवेशन : सभापति देउवा सहभागी नहुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको जारी विशेष महाधिवेशनमा सहभागी नहुने भएका छन्। सभापति देउवाको सचिवालयले आज एक सूचना जारी गर्दै उनी महाधिवेशनमा नजाने स्पष्ट पारेको हो।

देउवाका स्वकीय सचिव भानु देउवाले महाधिवेशनस्थल भृकुटीमण्डप जाने सभापतिको कुनै योजना नरहेको जानकारी दिएका हुन्। हिजो (आइतबार) देखि सुरु भएको विशेष महाधिवेशनमा पार्टीका २ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी रहेका छन् ।

आजको बन्दसत्रमा नीतिगत र संगठनात्मक प्रतिवेदनहरू पेस हुने र ज्येष्ठ सदस्यले सभापतित्व गर्ने कार्यतालिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds