लोड हुँदैछ...

मेनु

नेपाली कांग्रेसको विशेष महाधिवेशनस् आज बन्दसत्र सुरु हुँदै, नीतिगत र संगठनात्मक प्रतिवेदन पेस गरिने

नेपाली कांग्रेसको विशेष महाधिवेशनस् आज बन्दसत्र सुरु हुँदै, नीतिगत र संगठनात्मक प्रतिवेदन पेस गरिने

काठमाडौं ।नेपाली कांग्रेसको हिजोबाट सुरु भएको विशेष महाधिवेशन अन्तर्गत आज दोस्रो दिन बन्दसत्र सुरु हुँदैछ। महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार बिहानको खाजापछि बन्दसत्रको औपचारिक प्रक्रिया सुरु गर्ने तयारी गरिएको छ।

महाधिवेशनमा भाग लिन देशभरबाट २ हजार ६ सयभन्दा बढी प्रतिनिधिहरूले नाम दर्ता गराएको सचिवालयले जनाएको छ।

आजको बन्दसत्र सञ्चालनका लागि सुरुमा कार्यविधि पारित गरिनेछ। कार्यविधि बनेपछि सोही अनुसार बन्दसत्रका कार्यक्रमहरू अगाडि बढ्नेछन्। बन्दसत्रको सभापतित्व महाधिवेशनमा सहभागी प्रतिनिधिमध्येका ज्येष्ठ सदस्यले गर्नेछन्।

बन्दसत्रमा पार्टीको आगामी कार्यदिशा तय गर्नका लागि महत्त्वपूर्ण नीतिगत एवं संगठनात्मक प्रतिवेदनहरू पेस हुने कार्यसूची रहेको छ। ती प्रतिवेदनमाथि प्रतिनिधिहरूले समूहगत वा व्यक्तिगत रूपमा छलफल गरी सुझाव दिनेछन्।

पार्टीभित्रको आन्तरिक सुदृढीकरण र नीतिगत स्पष्टताका लागि यो विशेष महाधिवेशनलाई निकै चासोका साथ हेरिएको छ। महाधिवेशनले कांग्रेसको आगामी राजनीतिक बाटो र सांगठनिक संरचनामा महत्त्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds