लोड हुँदैछ...

मेनु

नेकपाद्वारा उदयपुरका दुई क्षेत्रबाट १८ जना उम्मेदवार सिफारिस

नेकपाद्वारा उदयपुरका दुई क्षेत्रबाट १८ जना उम्मेदवार सिफारिस

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उदयपुर जिल्लाको दुईवटा निर्वाचन क्षेत्रबाट नेपाली कम्युनिष्ट पार्टीले १८ जनाको नाम सिफारिस गरेको छ ।

जिल्ला कार्यदलको बैठकले दुवै निर्वाचन क्षेत्रका लागि तीन नेताहरुको नाम सिफारिस गरेको हो । जगन्नाथ खतिवडा, बलदेव चौधरी र सुरेश कुमार राईको नाम दुवै निर्वाचन क्षेत्रबाट सिफारिस भएको देखिएको छ।

निर्वाचन क्षेत्र नम्बर १ का लागि प्रत्यक्षतर्फ अर्जुन तिम्सिना, किरण राई, जगन्नाथ खतिवडा, प्रवेश खड्का र बलदेव चौधरीको नाम सिफारिस गरिएको छ। सोही क्षेत्रबाट विशाल राई, मणि खम्बु किराती, मन कुमार राई, रमण भट्टराई र सुरेश कुमार राईको नाम पनि सिफारिस सूचीमा समावेश गरिएको छ। यी नामहरूलाई वर्णानुक्रम अनुसार व्यवस्थापन गरी प्रदेश कमिटीमा पठाइएको हो।

यसैगरी निर्वाचन क्षेत्र नम्बर २ का लागि एविराज राई, जगन्नाथ खतिवडा, बलदेव चौधरी, भेष कुमारी राउत, मेजर कुमार राई, लक्ष्मण पौड्याल, सुरेश कुमार राई र हेमराज दाहालको नाम सिफारिस गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds