लोड हुँदैछ...

मेनु

डा. शेखरको आह्वान : ‘पदको लोभ छैन, पार्टी एकता र रूपान्तरण नै मुख्य लक्ष्य’

डा. शेखरको आह्वान : ‘पदको लोभ छैन, पार्टी एकता र रूपान्तरण नै मुख्य लक्ष्य’

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू सधैँ पार्टी एकताको पक्षमा रहेको र कुनै पनि व्यक्तिगत पदको लोभ नरहेको स्पष्ट पारेका छन्। विशेष महाधिवेशनको उद्घाटनको पूर्वसन्ध्यामा एक भिडियो सन्देश जारी गर्दै उनले पार्टी विभाजन हुन नदिन आफू सचेत र प्रयत्नशील रहेको बताएका हुन्।

आफ्नो कुनै निजी महत्त्वाकाङ्क्षा नरहेको उल्लेख गर्दै कोइरालाले भने, ‘मलाई मन्त्री, सभापति वा प्रधानमन्त्री हुने लोभले कहिल्यै आकर्षित गरेन।’ उनले एकातिर सभापति शेरबहादुर देउवाको कार्यशैली र अर्कोतिर युवा नेताहरूको असन्तुष्टिबीच सन्तुलन मिलाएर पार्टीलाई अघि बढाउने चुनौती आफूमा रहेको बताए।

सहमति, सहकार्य र सहअस्तित्वको भावनाले मात्रै कांग्रेस बलियो हुने भन्दै उनले महाधिवेशन प्रतिनिधिहरूलाई विधान कार्यान्वयन र पार्टी एकताको ऐतिहासिक दायित्व निर्वाह गर्न आग्रह गरे। पार्टीभित्रको विवाद समाधान गरी एकताबद्ध कांग्रेस निर्माणका लागि आफ्नो ुभगीरथ प्रयासु जारी रहने प्रतिबद्धता समेत उनले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds