लोड हुँदैछ...

मेनु

हर्क साम्पाङको कटाक्ष : ‘बालेन फेसबुके प्रधानमन्त्री’

हर्क साम्पाङको कटाक्ष : ‘बालेन फेसबुके प्रधानमन्त्री’

धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई ‘फेसबुके प्रधानमन्त्री’ को संज्ञा दिएका छन्।

धरान उपमहानगरपालिकाका प्रमुखसमेत रहेका साम्पाङले इटहरीमा आयोजित सभामा देश संकटमा परेको बेला जिम्मेवारीबाट भाग्ने व्यक्ति कुनै पनि हालतमा प्रधानमन्त्री बन्न लायक नभएको टिप्पणी गरे।

मेयर शाहप्रति आक्रामक देखिएका साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि पनि विदेशी शक्तिको मतियार रहेकोक आरोप लगाए। यी तीन नेताबीच बनेको सम्बन्धलाई ‘गाँठो बन्धन’ को संज्ञा दिँदै उनले बन्धनले देशलाई समृद्ध बनाउन नसक्ने दाबी गरे ।

देशको वास्तविक समृद्धिका लागि श्रमदान अपरिहार्य रहेको उल्लेख गर्दै साम्पाङले नीति निर्माणसँगै श्रम संस्कृतिको स्थापना नभएसम्म विकास सम्भव नहुने बताए । पार्टीको संगठन विस्तार र चुनावी अभियानलाई तीव्र बनाएको उल्लेख गर्दै श्रम, माटो र जनताको प्रत्यक्ष सहभागिताबाट मात्रै दिगो विकास सम्भव हुने उनको दावी छ ।

लोकतन्त्र, राष्ट्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सबै नागरिक सचेत र एकजुट हुनुपर्नेमा उनले जोड दिएका छन् । देशको समृद्धि आपसी एकता र सहकार्यबाट मात्रै हासिल गर्न सकिने उनले बताए ।

देश अहिले जलेर खरानी बनेको अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै उनले सबै मिलेर पुनर्निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए। आगामी फागुनमा हुने निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सरोकारवाला निकायले विशेष योजना बनाएर आवश्यक समन्वय गर्नुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds