विराटनगर । निर्वाचन आयोगले आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनबारे मतदाता शिक्षा दिन आवश्यक नमूना मतपत्र छापेको छ ।
जनक शिक्षा सामाग्री केन्द्रबाट आयोगले १० लाख प्रति नमूना मतपत्र छापेको हो ।
आयोगका अनुसार शुक्रबारबाट समानुपातिकको मतपत्र छपाइ सुरु हुनेछ । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार समानुपातिकको मतपत्र सेतो कागजमा कालो चिह्न हुनेछन् ।
यस्ता मतपत्र मतदाताभन्दा १० प्रतिशत बढी छपाइ हुनेछ । सरदर दुई करोड मतपत्र छापिने घिमिरेको भनाइ छ ।
समानुपातिकतर्फको लागि ६४ वटा दलले बन्दसूची बुझाएका छन् । यसमध्ये १० वटा दलले एकल चुनाव चिन्हमा चुनाव लड्दैछन् । यसकारण समानुपातिकको मतपत्रमा ५८ वटा निर्वाचन चिन्ह हुनेछ




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।