लोड हुँदैछ...

मेनु

विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन संस्थापनको अपिल

विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन संस्थापनको अपिल

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशन पक्षधरलाई प्रस्ताव फिर्ता लिन अपिल गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार साँझ बसेको बैठकले विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन अपिल गरेको हो । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बुधबारमात्रै पुस २७ र २८ गते आह्वान भएको विशेष महाधिवेशनमा सहभागी हुन महाधिवेशन प्रतिनिधिलाई आह्वान गरेका थिए ।

२ हजार ४८८ महाधिवेशन प्रतिनिधिले बुधबार नै विशेष महाधिवेशन आह्वान गरेका थिए । तर, केन्द्रीय कार्यालयले भने त्यो आह्वान अवैधानिक भन्दै उपस्थित नहुन महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरिसकेको छ ।

यही विवादको समाधान खोज्न कार्यसम्पादन समिति बैठक बोलाइएको थियो । बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन अपिल गर्ने एजेण्डा प्रस्तुत गरेका थिए । त्यो प्रस्तावमा अधिकांश सदस्यहरूको सहमति रहेको एक पदाधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds