लोड हुँदैछ...

मेनु

कोशी प्रदेशबाट एमालेद्वारा १४ जिल्लाबाटै उम्मेद्वार सिफारिस

कोशी प्रदेशबाट एमालेद्वारा १४ जिल्लाबाटै उम्मेद्वार सिफारिस

विराटनगर। आगामी फागुन २१ गतेको निर्वाचनको लागि कोशी प्रदेशबाट एमालेका चारजनाको नाम एकल सिफारिस भएको छ।

नेकपा एमालेको आज विराटनगरमा बसेको कोशी प्रदेश कमिटीको सचिवालय बैठकले चार जनाको नाम एकल सिफारिस गरेको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट नेकपा एमालेका सचिव शेरधन राई भोजपुरबाट त्यस्तै सुनसरी सुनसरी ४ बाट जगदीश कुशेत र इलाम २ बाट सुहाङ नेम्बाङको नाम एकल सिफारिस भएको हो।

कोशी प्रदेशमा २८ वटा निर्वाचन क्षेत्र छन्। आजको बैठकले केन्द्रको निर्देशन अनुसारको एक महिला सबैको तीन जनाको नाम केन्द्रमा सिफारिस गर्न पदाधिकारीलाई जिम्मा दिएको छ। त्यस्तै धनकुटाबाट एकल नाम सिफारिस गरेका राजेन्द्रकुमार राईको क्षेत्रमा टिकाराम चेम्जुङ र शकुन्तला बस्नेतको नाम थपेर पठाउने निर्णय भएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।