लोड हुँदैछ...

मेनु

नेकपा नेता धिरेन्द्र शर्मा द्वारा पार्टी परित्याग, प्रलोपामा जाने तयारी

नेकपा नेता धिरेन्द्र शर्मा द्वारा पार्टी परित्याग, प्रलोपामा जाने तयारी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य धिरेन्द्र शर्मा ‘रमण’ ले पार्टी परित्याग गरेका छन् । पूर्व प्रदेशसभा सदस्य समेत रहेका शर्माले करिब तीन दशक लामो संगठनात्मक आबद्धता अन्त्य भएको घोषणा गरेका हुन् ।

इलामका स्थापित नेताका रूपमा चिनिने शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो निर्णय सार्वजनिक गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘करिब तीस वर्षको संगठनात्मक आबद्धताको अन्त्य। गणतन्त्रपछि अब समाजवादको यात्रा।’

लामो समयदेखि माओवादी आन्दोलनमा सक्रिय रहँदै आएका थिए शर्मा । स्रोतका अनुसार शर्मा अब प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा आबद्ध हुने तयारीमा रहेका छन् । यद्यपि, यस विषयमा उनले औपचारिक घोषणा भने गरिसकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds