लोड हुँदैछ...

मेनु

रोशनी मेचे : केपी शर्मा ओलीको सचिवालयदेखि राष्ट्रिय सभातिर

रोशनी मेचे : केपी शर्मा ओलीको सचिवालयदेखि राष्ट्रिय सभातिर

विराटनगर । नेकपा (एमाले) ले राष्ट्रिय सभा निर्वाचनमा उठाएको महिला कोटाकी अर्की उम्मेद्वार हुन् झापाकी युवा नेतृ रोशनी मेचे ।

अल्पसंख्क मेचे समुदायबाट प्रतिनिधित्व गर्ने रोशनीले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा रहेर काम गरेकी छिन् । गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि प्रधानमन्त्रीबाट ओली पदच्यूत भएसँगै उनी पार्टीको गतिविधिमा सिमीत थिइन् ।

२०३८ साल भदौ ८ गते जन्मिएकी रोशनी मेचे झापाको मेचीनगर–१२ की स्थायी बासिन्दा हुन् । अल्पसंख्यक मेचे समुदायको सशक्त आवाजको रूपमा चिनिने उनी विगत १०–१२ वर्षदेखि सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय छिन् । उनी हाल एमालेको भ्रातृ संगठन ‘लोकतान्त्रिक आदिवासी जनजाति महासंघ’ को केन्द्रीय सदस्यको रूपमा कार्यरत छिन् ।

राष्ट्रिय सभा देशका सबै जातजाति र अल्पसंख्यकहरूको साझा थलो हुनुपर्ने उनको तर्क छ । ‘अल्पसंख्यक र लोपोन्मुख समुदायको आवाजलाई राज्यको माथिल्लो सदनमा पु¥याउनु मेरो पहिलो प्राथमिकता हो,’ उनी भन्छिन् । पार्टीले आफूलाई योग्य ठानेर दिएको यो जिम्मेवारीले समावेशी लोकतन्त्रलाई थप बलियो बनाउने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds