लोड हुँदैछ...

मेनु

सोम पोर्तेल : झापा जिसस प्रमुख हुँदै राष्ट्रिय सभातर्फ

सोम पोर्तेल : झापा जिसस प्रमुख हुँदै राष्ट्रिय सभातर्फ

विराटनगर । नेकपा (एमाले) ले कोशी प्रदेशबाट दलित कोटाबाट राष्ट्रिय सभाका लागि सोम पोर्तेललाई उम्मेदवार बनाएको छ ।

झापा जिल्ला समन्वय समितिको प्रमुखका रूपमा पाँच बर्से कार्यकाल बिताएका पोर्तेल अहिले नीति निर्माणको माथिल्लो तहमा पुग्ने तयारीमा छन् ।

पाँचथरमा २०३५ साल फागुनमा जन्मिएका पोर्तेल हाल झापाको हल्दिवारीका स्थायी बासिन्दा हुन् । उनको राजनीतिक यात्रा २०४७ सालदेखि विद्यार्थी संगठन अनेरास्ववियुबाट सुरु भएको थियो । पार्टीको वडा कमिटीदेखि प्रदेश कमिटीसम्मका विभिन्न सांगठनिक जिम्मेवारी कुशलतापूर्वक निभाएका पोर्तेल हाल एमालेको भ्रातृ संगठन ‘मुक्ति समाज नेपाल’ को केन्द्रीय उप–महासचिव छन् ।

पोर्तेलसँग स्थानीय सरकार र विकास निर्माणको गहिरो अनुभव छ । उनले २०७४ देखि २०७९ सम्म झापा जिल्ला समन्वय समितिको प्रमुखको भूमिका निर्वाह गरेका थिए । त्यसअघि २०६५ सालमा दलित वर्ग उत्थान जिल्ला समन्वय समितिको उपाध्यक्ष भएर पनि उनले काम गरेका थिए । पोर्तेल राष्ट्रिय सभालाई केवल ‘रिटायर्ड’ नेताहरूको थलो मात्र बनाउनु हुँदैन भन्ने मान्यता राख्छन् । ‘राष्ट्रिय सभालाई अनुभव र युवा जोसको संगम बनाउनुपर्छ, जहाँ प्रभावकारी नीति निर्माण हुन सकोस्,’ उनी भन्छन् । लोकतन्त्रको रक्षा र जनजीविकाको पक्षमा आवाज उठाउनु नै उनको मुख्य संकल्प हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds