लोड हुँदैछ...

मेनु

प्रतिनिधिसभा निर्वाचन : सुनसरीमा ५ लाख ८१ हजार मतदाता

प्रतिनिधिसभा निर्वाचन : सुनसरीमा ५ लाख ८१ हजार मतदाता

इटहरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरी जिल्लामा करिब ५ लाख ८१ हजार मतदाता कायम भएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार १२ स्थानीय तहबाट २ लाख ९४ हजार २५२ पुरुष, २ लाख ८६ हजार ६९१ महिला र दुई जना तेस्रो लिङ्गी गरि ५ लाख ८० हजार हजार ९४५ मतदाता कायम भएका हुन्।

जिल्लामा प्रतिनिधिसभाका लागि चार निर्वाचन क्षेत्र छन् । ती क्षेत्रअन्तर्गत जिल्लाभर १६७ मतदानस्थल र ६२४ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय प्रमुख कृष्ण पौडेलले जानकारी दिए।

सबैभन्दा बढी मतदाता निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ५६ हजार ९९० जना रहेका छन् । सबैभन्दा कम मतदाता १ नम्बर निर्वाचन क्षेत्रमा १ लाख ३४ हजार ३०२ जना छन्।

निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकपछि उक्त तथ्याङ्क सार्वजनिक गरेको हो। आगामी निर्वाचनलाई लक्षित गर्दै मतदाता शिक्षालगायत आवश्यक तयारीका कार्यक्रमहरू अघि बढाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। सङ्घीय सरकारले सुनसरीमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरू समेत खटाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds