विराटनगर । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको लागि कोशी प्रदेशबाट ३ पदका लागि ५ जनाको उम्मेद्वारी परेको छ । अन्य तर्फका उम्मेद्वार नेपाली कांग्रेसका सुनिल थापा निर्विरोध भएका छन् ।
नेकपाका उम्मेद्वार हेमराज घिमिरेले वारेसमार्फत पठाएको निवेदन र फारममा हस्ताक्षर नभएपछि उनको उम्मेद्वारी कायम भएन । उक्त क्लष्टरमा सुनिल थापाको मात्रै नाम रहेको निर्वाचन अधिकृत भीष्मराज प्रसाईँले जानकारी दिए ।
यस्तै काँग्रेस, एमाले र जसपा गठबन्धनबाट एमालेका सोम पोर्तेल (दलित) र रोशनी मेचे (महिला) तथा नेकपाको तर्फबाट दलितमा खेम सुन्दास र महिलामा नमिता न्यौपानेको उम्मेद्वारी परेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।