विराटनगर । राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सुनिल थापा निर्विरोध निर्वाचित भएका छन् ।
कोशी प्रदेशको अन्यतर्फको कोटामा नेकपाका हेमराज घिमिरे उम्मेदवारी दर्ता गर्न नआएपछि थापा निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत भीष्मराज प्रसाईंले जानकारी दिए ।
थापाले कांग्रेस र नेकपा एमालेको गठबन्धनमा उम्मेदवारी दिएका हुन् । राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते हुँदैछ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।