लोड हुँदैछ...

मेनु

यी हुन् नेकपाका राष्ट्रियसभा उम्मेद्वार, कोशीबाट नमिता, खेमराज र होमनाथ

यी हुन् नेकपाका राष्ट्रियसभा उम्मेद्वार, कोशीबाट नमिता, खेमराज र होमनाथ

विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रियसभा निर्वाचनको लागि उम्मेदवारको टुंगो लगाएको छ । जसअनुसार कोशी प्रदेशमा दलिततर्फ खेमराज सुन्दास, महिलातर्फ नमिता न्यौपाने र अन्यतर्फ होमनाथ घिमिरे छानिएका छन् ।

यस्तै लुम्बिनीमा अन्यतर्फ बृहस्पति अधिकारी, अपांगतातर्फ सर्दन विक र महिलातर्फ दुर्गा भण्डारीको उम्मेदवारी टुंगो लागेको छ । यस्तै कर्णालीमा अन्यतर्फ बुद्धि प्रसाद शर्मा र महिलातर्फ अञ्जु महतरा शाही रोकाको नाम टुंगो लागेको छ ।

सुदूरपश्चिममा अन्यतर्फ टिकाराम जैशी र महिलातर्फ रोजी बस्नेत सुनारको नाम टुंगो लागेको छ । बागमतीमा अन्यतर्फ प्रेम सापकोटा, गणेश कुमारी तामाङ (महिला) र मधेसमा दलित कोटाबाट शम्भु पासवान, अल्पसंख्यकबाट रामनन्दन प्रसाद र अन्यबाट लक्ष्मण पौडेल र मधेसी कोटाबाट समी अग्रवालको नाम टुंगो लगाएको छ ।

यस्तै गण्डकीमा अन्यतर्फ कपिल लामा र अर्का एक जनाको नाम टुंगिन बाँकी रहेको नेताहरुले बताएका छन् । राष्ट्रियसभाको निर्वाचन अन्तर्गत आज उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds