लोड हुँदैछ...

मेनु

राष्ट्रिय सभा निर्वाचन

कांग्रेस, एमाले र जसपाबीच १८ सिटमा भागबण्डा, नेकपा गठबन्धनबाट बाहिरियो

कांग्रेस, एमाले र जसपाबीच १८ सिटमा भागबण्डा, नेकपा गठबन्धनबाट बाहिरियो

काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरूबीच सिट बाँडफाँट र उम्मेदवार टुङ्गो लगाउने काम अन्तिम चरणमा पुगेको छ।

नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच १८ सिटका लागि भागबण्डा मिलेको छ भने नेपाली कम्युनिस्ट पार्टी गठबन्धनबाट बाहिरिएको छ।

सहमतिअनुसार कुल १८ सिटमध्ये नेपाली कांग्रेसले ९, नेकपा एमालेले ८ र जसपा नेपालले १ सिट लिने गरी भागबण्डा गरिएको छ। मंगलबार राति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट (गुण्डु) मा बसेको बैठकले यो सहमति जुटाएको हो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds