लोड हुँदैछ...

मेनु

राष्ट्रिय सभा निर्वाचन : एमालेद्वारा उम्मेदवारको टुङ्गो, रामकुमारी झाँक्रीदेखि रोशनी मेचेसम्म समेटिए

राष्ट्रिय सभा निर्वाचन : एमालेद्वारा उम्मेदवारको टुङ्गो, रामकुमारी झाँक्रीदेखि रोशनी मेचेसम्म समेटिए

विराटनगर । नेकपा (एमाले)ले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आफ्ना उम्मेदवारहरूको नामावली टुङ्गो लगाएको छ। एमाले सचिव महेश बस्नेतका अनुसार पार्टीले साना–ठूला दलहरूसँगको तालमेल र आन्तरिक छलफलपछि उम्मेदवारहरूको नाम तय गरेको हो।

एमालेले सार्वजनिक गरेको सूचीमा भर्खरै पार्टी प्रवेश गरेकी नेतृ रामकुमारी झाँक्रीदेखि रोशनी मेचेसम्म अटाएका छन्। झाँक्रीलाई लुम्बिनी प्रदेशबाट र मेचेलाई कोशी प्रदेशबाट उम्मेदवार बनाइएको छ। यस्तै, अन्य

उम्मेदवारहरूमा प्रेम दंगाल (बागमती), सम्झना देवकोटा (गण्डकी), मीना रखाल (कर्णाली) र लीला भण्डारी (सुदूरपश्चिम) रहेका छन्। सचिव बस्नेतका अनुसार अब मधेस प्रदेशबाट मात्र उम्मेदवार चयन गर्न बाँकी छ, जसको टुङ्गो चाँडै लगाइनेछ।

यसपटकको राष्ट्रिय सभा निर्वाचनमा रोचक राजनीतिक समीकरण देखिएको छ। एमालेले नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) सँग चुनावी तालमेल गर्ने सहमति गरेको छ। १८ सिटका लागि हुने निर्वाचनमा भएको भागबन्डा अनुसार एमालेले ७ सिट पाएको छ।

निर्वाचन कार्यतालिका अनुसार आज देशभर उम्मेदवारहरूको मनोनयन पत्र दर्ता गरिँदैछ। निर्वाचन आयोगका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारहरूले सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गर्नुपर्नेछ।

आगामी फागुन २० गते रिक्त हुन लागेका १९ सदस्यमध्ये १८ जनाका लागि माघ ११ गते मतदान हुनेछ। एकजना सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुने संवैधानिक प्रावधान छ। राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्षहरू मतदाता रहनेछन्।
क्यगचअभक

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds