लोड हुँदैछ...

मेनु

राष्ट्रिय सभा निर्वाचन : आज उम्मेदवारी मनोनयन दर्ता हुँदै

राष्ट्रिय सभा निर्वाचन : आज उम्मेदवारी मनोनयन दर्ता हुँदै

काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरूको मनोनयन पत्र दर्ता गरिँदैछ। निर्वाचन आयोगका अनुसार उम्मेदवारहरूले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म आ–आफ्नो निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गर्न सक्नेछन्।

आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार बिहीबार उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ। यस्तै, पुस २७ गते उम्मेदवारले चाहेमा आफ्नो नाम फिर्ता लिन सक्नेछन् भने सोही दिन दिउँसो उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। पुस २८ गते उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम तय भएको छ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्यहरू र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षहरू मतदाता रहने व्यवस्था छ। आयोगले यसअघि नै पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ।
निर्वाचनका लागि आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ। रिक्त हुन लागेका राष्ट्रिय सभा सदस्यका पदहरू पूर्तिका लागि यो निर्वाचन हुन लागेको हो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds