लोड हुँदैछ...

मेनु

मन्त्री पद गुमेपछि धरधरी रोए सदानन्द मण्डल, बिदाइ कार्यक्रममै भक्कानिए

मन्त्री पद गुमेपछि धरधरी रोए सदानन्द मण्डल, बिदाइ कार्यक्रममै भक्कानिए

विराटनगर । कोशी प्रदेशका निवर्तमान पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल मन्त्रालयबाट बिदाइ हुने क्रममा भावविह्वल भएका छन् । मन्त्री पदबाट हटाइएसँगै मन्त्रालयका कर्मचारीहरूसँग आयोजित बिदाइ कार्यक्रममा उनी भक्कानिएर रोएका हुन् ।

सार्वजनिक भएको भिडियोमा मण्डल निकै भावुक मुद्रामा देखिन्छन्। आँसु पुछ्दै उनले आफ्नो कार्यकालमा सहयोग गर्नेहरूलाई धन्यवाद दिएका छन्। उनले आफूलाई मन्त्री बनाउन र सांसद जिताउन भूमिका खेल्ने सुनसरी क्षेत्र नम्बर ४ का सभापति र सुनसरी जिल्लाको नाम राख्न सफल भएको भन्दै कृतज्ञता व्यक्त गर्दा उनको गला अवरुद्ध भएको थियो। उनी बोल्दाबोल्दै धरधरी रोएको दृश्य भिडियोमा देख्न सकिन्छ।

मन्त्री मण्डलको कार्यकाल भने विवादरहित रहन सकेन। उनीमाथि आफ्ना स्वकीय सचिव (पिए) मार्फत क्यूआर कोड (QR Code) पठाएर मातहतका कर्मचारी तथा कार्यालय प्रमुखहरूसँग घुस रकम माग्ने गरेको गम्भीर आरोप लागेको थियो। यो ‘क्यूआर कोड प्रकरण’ सार्वजनिक भएपछि उनको चौतर्फी आलोचना भएको थियो।

नयाँ मन्त्रीद्वारा पदभार ग्रहण

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मंगलबार मन्त्रिपरिषद् हेरफेर गर्दै १० जना मन्त्रीहरूलाई पदमुक्त गरी नयाँ मन्त्रीहरू नियुक्त गरेका छन्। सोही क्रममा मण्डलको पद गुमेको हो।

मण्डल बाहिरिएसँगै रिक्त रहेको पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका नेता भीम पराजुलीले पाएका छन्। नवनियुक्त मन्त्री पराजुलीले आजै मन्त्रालय पुगेर पदभार ग्रहण गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds