लोड हुँदैछ...

मेनु

सामुदायिक वनको रकम हिनामिना : अध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सामुदायिक वनको रकम हिनामिना : अध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

विराटनगर ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुरको त्रियुगा नगरपालिकास्थित एक सामुदायिक वन उपभोक्ता समूहमा भएको आर्थिक अनियमिततालाई लिएर अध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सामुदायिक वन उपभोक्ता समितिको कोषको रकम प्रयोग गरी भवन निर्माण लगायतका कार्य गर्दा अनियमितता गरेको आरोपमा आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

मुद्दा दायर गरिएकाहरूमा सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष मीना कुमारी चौधरी, सचिव जानकी कुमारी चौधरी, कोषाध्यक्ष निलम चौधरी थारू र दर्तावाल लेखापरीक्षक तनुकलाल चौधरी रहेका छन्।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, अनुसन्धानका क्रममा सामुदायिक वनको कोष दुरुपयोग भएको पाइएपछि उनीहरू चारै जनाविरुद्ध जनही ५ लाख १५ हजार ३०२ रूपैयाँ बिगो कायम गरिएको छ।

समितिका पदाधिकारीहरूले भवन निर्माणका क्रममा वास्तविक खर्चभन्दा बढी देखाएको र लेखापरीक्षकले समेत त्यसलाई पुष्टि गर्ने गरी गलत प्रतिवेदन तयार गरेको अख्तियारको दाबी छ। आयोगले उनीहरूमाथि बिगो बमोजिमको जरिवाना र कैद सजायको मागदाबी गर्दै मुद्दा दायर गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds