काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि आज उमेदवार टुंगो लगाउने भएको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहान ११ बजे बस्दै छ ।
पार्टी मुख्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मंगलबार उमेदवार टुंगो लगाउने निर्णय गरेको थियो ।
बैठकले राष्ट्रियसभा निर्वाचनमा अन्य दलहरूसँगको चुनावी तालमेललगायत विषय र उमेदवारको विषय टुंगो लगाउने पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् ।
राष्ट्रियसभा निर्वाचनमा सहकार्यका लागि पार्टी सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरूसँग छलफल गरिरहेका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।