सुनसरी । सुनसरीको कोशी गाउँपालिका १ लौकहीमा सशस्त्र प्रहरीको गोली लागेर गएको १६ गते विजय साहको मृत्यु भएको घटनाको छानविन गर्न टोली पीडितको घर पुगेको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा २०८२ पुस १७ गते बसेको बैठकले लौकही घटनाको छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारको संयोजकत्वमा समिति बनेको थियो ।
उक्त छानविन समिति मृतक विजय साहको घरमा पुगेको हो । समितिले साहको घरमा पुगेर उनकी पत्नी ४० वर्षीया गीता साह, दाई रामचन्द्र साह, जनप्रतिनिधिहरु र स्थानीयहरुसँग सोधपुछ गरेको छ । घटनाको बारेमा जानकारी लिन र अवस्था बुझने क्रममा घटनास्थलका स्थानीयहरु, गाउँबासी र पीडित परिवारका सदस्यहरुसंग भेटघाट गरेको समितिका संयोजक परियारले बताए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।