विराटनगर । चुनावी राजनीतिमा ‘‘अवसरवादी’ र ‘शक्ति केन्द्र’को आडमा फड्को मार्न सिपालु मानिने नेकपा ९एमाले० सचिव भानुभक्त ढकाल आगामी फागुन २१ को निर्वाचनका लागि पुनः तेह्रथुम फर्कन दाउपेच सुरु गरेका छन्। मोरङ क्षेत्र नम्बर ३ मा आफ्नो अवस्था असुरक्षित देखेपछि ढकालले तेह्रथुमबाट पनि उम्मेदवार बन्न सिफारिस गराएका हुन्।
भानुभक्त ढकालको राजनीतिक यात्रामा ‘टिपेक्स काण्ड’ सबैभन्दा बढी आलोचित विषय हो। २०७० सालको संविधानसभा निर्वाचनमा तेह्रथुमबाट समानुपातिक सूचीमा रहेका किशोर चन्द्र दुलालको नाम ‘टिपेक्स’ लगाएर मेटाउँदै ढकालले आफ्नो नाम घुसाएर सांसद बनेको आरोप अहिले पनि जिल्ला तहका कार्यकर्तामाझ चर्चाको विषय बन्ने गरेको छ। सोही समयदेखि उनीमाथि आफ्नै सहकर्मीलाई पाखा लगाएर पद हत्याउने नेताको ट्याग लाग्दै आएको छ।
२०७४ मा मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित भएर मन्त्री समेत बनेका ढकाल पछिल्लो समय मोरङमा कमजोर बन्दै गएका छन्। मोरङमा चुनावी नतिजा आफ्नो पक्षमा नआउने संकेत पाएपछि उनी अहिले तेह्रथुम र मोरङ दुवै जिल्लाबाट सिफारिस गराएर ‘सेफ ल्याण्डिङ’को खोजीमा लागेका हुन्।
आफूलाई ‘शक्तिशाली’देखाउन दुईवटा जिल्लाबाट नाम सिफारिस गराए पनि कार्यकर्ताहरूले भने उनलाई टुरिस्ट उम्मेदवारुको रूपमा हेरेका छन्
डा. विजय सुब्बा म्याङलुङ नगरपालिकाका मेयर संजय तुम्बामफे पुर्व प्रदेश सासद तेजमान कन्दङवा र लक्ष्मण तिवारी लागयतको नाम जिल्लाले सिफारीस गरेको छ । ढकालले केन्द्रको पहुँच प्रयोग गरेर टिकट हत्याउने कसरत गरिरहेका छन्। स्थानीय आवश्यकता र भूगोलभन्दा पनि नेतृत्वको चाकडी गरेर टिकट सुनिश्चित गर्ने ढकालको शैलीप्रति जिल्लाका पुराना नेता–कार्यकर्ताहरू असन्तुष्ट देखिएका छन्।
एक पटक टिपेक्स लगाएर तेह्रथुमको कोटा खोसेका ढकालले फेरि पनि जिल्लाकै नेताहरूको अवसर खोस्न खोजेको भन्दै एमालेभित्रै आन्तरिक असन्तुष्टि चुलिएको छ। केन्द्रबाट दबाब आएपछि यहाँबाट सिफारीस गरीएको एक तेह्रथुमका एक नेताले बताए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।