विराटनगर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि मोरङको मुख्य निर्वाचन अधिकृतमा मोरङ जिल्ला अदालतका न्यायाधीश भिष्मराज प्रसाई नियुक्त भएका छन् ।
निर्वाचन आयोगले आइतबार प्रतिनिधिसभा निर्वाचनको लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको हो ।
आयोगका अनुसार प्रसार्ईलाई मोरङ क्षेत्र नं. ६ सहित जिल्लाको मुख्य निर्वाचन अधिकृत तोकिएको छ । यस्तै क्षेत्र नं. १ मा महान्यायाधीवक्ताको कार्यालयका उपन्यायधिवक्ता प्रकाश घिमिरे निर्वाचन अधिकृत तोकिएका छन् । क्षेत्र नं. २ मा जिल्ला सरकारी वकिलको कार्यालय सोलुखुम्बुका जिल्ला न्यायाधीवक्ता रुद्रप्रसाद आचार्य र क्षेत्र नं. ३ मा सर्वोच्च अदालतका इजलास अधिकृत रुद्रप्रसाद अर्याल निर्वाचन अधिकृत तोकिएका छन् ।
यस्तै, क्षेत्र नं. ४ मा सर्वोच्च अदालतका इजलास अधिकृत घनेन्द्र अधिकारी र क्षेत्र नं. ५ मा सर्र्वोच्च अदालतका इजलास अधिकृत मदनप्रसाद पराजुली निर्वाचन अधिकृत तोकिएका छन् ।
न्याय परिषद्को परामर्शमा ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा ८८ जना नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्ति गरिएको आयोगले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।