लोड हुँदैछ...

मेनु

एमालेले गर्यो झापा–५ बाट केपी ओलीको नाम एकल सिफारिस

एमालेले गर्यो झापा–५ बाट केपी ओलीको नाम एकल सिफारिस

विराटनगर । प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम झापा क्षेत्र नम्बर ५ बाट एकल सिफारिस भएको छ ।

शनिबार बसेको क्षेत्रीय समन्वय समितिको बैठकले झापा–५ बाट ओलीको नाम सर्वसम्मत सिफारिस गरेको जिल्ला कमिटीका सचिव तुलसी कार्कीले जानकारी दिएका छन् । आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन तोकिएको छ ।

दलहरूले विभिन्न क्षेत्रबाट आफ्ना उम्मेदवारहरूको नाम सिफारिस गरिरहेको छ ।ओली ०७९ र ०७४को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । झापामा ५ वटा निर्वाचन क्षेत्र छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds