विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले बहुमतका आधारमा गरेको निर्णयलाई स्वीकार्नुपर्ने बाध्यता रहेको बताएका छन् ।
शनिबार विशालनगरस्थित आफ्नै सम्पर्क कार्यालयमा नेता – कार्यकर्ताहरूसँगको छलफलमा उनले विशेष महाधिवेशन पक्षधरहरूको भावनासँग आफू सहमत भए पनि पार्टीको आधिकारिक निर्णयमा विद्रोह गरेर जान नसकिने स्पष्ट पारे ।
‘‘विशेष महाधिवेशनको भावनासँग म सहमत छु । हस्ताक्षरकर्ताहरूको भावनासँग मेरो भावना जोडिएको छ । तर, केन्द्रीय कार्यसम्पादन समितिमा जुन बहुमतको निर्णय छ, त्यो मान्न बाध्य छौं,’ नेता कोइरालाको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने, ‘निर्णयमा विद्राह गरेर जान सकिएन । निर्णय प्रक्रियामा बहुमतको निर्णय त मान्नै पर्यो ।’




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।