विराटनगर । पूर्वराजा ज्ञानेन्द्र शाहले विराटनगरस्थित प्रसिद्ध काली मन्दिरमा पुगेर पूजा–अर्चना गरेका छन् ।
केही दिनदेखि झापाको दमकमा रहँदै आएका शाह शनिबार बिहानै विराटनगर आएर काली मन्दिरको दर्शन गरेका हुन् ।
पूर्वराजा शाह मन्दिर पुग्दा काली मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष मीनाक्षी नेपाल लगायतका पदाधिकारीहरूले उनलाई स्वागत गरेका थिए । मन्दिर परिसरमा पूर्वराजाको दर्शनका लागि समर्थक र सर्वसाधारणको ठूलो भिड लागेको थियो । सो क्रममा उपस्थित मानिसहरूले ‘जय श्री राम’ र ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ जस्ता नाराहरू लगाएका थिए ।
मन्दिर प्रवेश गरेपछि पूर्वराजा शाहले विधिपूर्वक पूजा–अर्चना गरेका थिए । पुरोहितहरूले स्वस्तिवाचन र मन्त्रोच्चारणका साथ उनलाई पूजामा सहभागी गराएका थिए । करिब आधा घण्टासम्म मन्दिरमा बिताएका शाहले आरतीमा समेत सहभागी भएर टीका र प्रसाद ग्रहण गरेका थिए ।
पूजा सकिएपछि पूर्वराजा शाहले मन्दिरको व्यवस्थापन र पछिल्लो अवस्थाका बारेमा व्यवस्थापन समितिकी अध्यक्ष नेपालसँग संक्षिप्त कुराकानी गरेका थिए । मन्दिरको दर्शन र पूजाका लागि दमकबाट विराटनगर आएका उनी दर्शन पश्चात् पुनः दमकतर्फ नै फर्किएका छन् ।
उनी १० मिनेट जति मन्दिरमा बिताएर फर्किएका छन् । पूर्व राजा केही दिन देखि झापाको दमक स्थित उनको चिया बगानमा बस्दै आएका छन् ।
राजावादी र सुरक्षाकर्मीलाई समेत थाहा नदिई उनी सुटुक्क काली मन्दिरको दर्शनका लागि आएका थिए । ऐतिहासिक काली मन्दिरमा पूर्वराजाको यो भ्रमणलाई उनका समर्थकहरूले उत्साहका साथ लिएका छन् । मन्दिर वरपर सुरक्षा व्यवस्था पनि निकै कडा पारिएको थियो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।