काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस मसान्तभित्र विशेष महाधिवेशन गरिछाड्ने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले पुस मसान्तभित्र विशेष महाधिवेशन हुने बताए ।
तर, विशेष महाधिवेशन केन्द्रीय कार्यसमितिले निर्णय गरेर हुने कि नगरी हुने भन्ने एक दुई दिनमा टुङ्गो लाग्ने महामन्त्री थापाले बताए ।
‘पुस मसान्तभित्र महाधिवेशन हुन्छ । केन्द्रीय कार्यसमितिले निर्णय गरेर हुन्छ कि नगरी हुन्छ त्यो भने एक दुई दिनभित्र टुङ्गिन्छ,’ महामन्त्री थापाले भने ।
महाधिवेशनको कार्यतालिकामा महामन्त्री थापाको फरक मत
महाधिवेशनको कार्यतालिकामा महामन्त्री थापाको फरक मत
उनले केन्द्रीय कार्यसमितिभन्दा विधान ठुलो भएको बताए ।
विधानको कार्यान्वयन गर्ने जिम्मेवारी केन्द्रीय कार्यसमितिको भएको उनको भनाइ छ । केन्द्रीय कार्यसमितिले नगरे केन्द्रीय कार्यालयको नेतृत्व गर्ने महामन्त्रीले गर्ने थापाले बताए । ‘धारा १७(२) को पालना गर्छु, गर्छौँ,’ महामन्त्री थापाले भने ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।