लोड हुँदैछ...

मेनु

देश, जनता र संविधान बचाउन बामपन्थी समाजवादी एकता : प्रचण्ड

देश, जनता र संविधान बचाउन बामपन्थी समाजवादी एकता : प्रचण्ड

सङ्खुवासभा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश, जनता र संविधान बचाउन समाजवादी एकता भएको बताएका छन् । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा नेपाली कम्युनिष्ट पार्टी सङ्खुवासभाले शुक्रबार आयोजना गरेको एकता सन्देशसभालाई सम्बोधन गर्दै संयोजक प्रचण्ड आन्दोलनको उपलब्धी, संविधान बचाउन बामपन्थी र समाजवादी एकता गरिएको बताए ।

उनले जेनजी आन्दोलनपछिको अवस्थामा देशको उत्तम विकल्प निर्वाचन नै भएको बताए । संकटमा परेको राष्ट्रलाई निकास दिन बामपन्थी र समाजवादी शक्ति मिल्नुको विकल्प नभएको उनको भनाइ छ । प्रचण्डले हालै देखिएको जेनजी पुस्ताको आन्दोलनले युवापुस्ताको सक्रिय सहभागिताले देशको शासन प्रणाली र समग्र परिस्थितिबारे नवयुवाहरू सचेत र जिम्मेवारीपूर्ण ढङ्गले आन्दोलित हुन चाहेको स्पष्ट भएको बताए ।

दाहालले जनताको अधिकार र लोकतन्त्र कमजोर बन्दै गएको समेत बताए । जेनजी पुस्ताको आन्दोलनको उपलब्धी रक्षा गर्न नेपाली कम्युनिष्ट पार्टी सच्चिएर अघि बढ्ने उनको प्रतिबद्धता थियो । नेपाली कम्युनिष्ट पार्टी भने आत्मसमीक्षा गरेर अघि बढेको दाहालको भनाइ थियो । दाहालले नेपालका दुवै छिमेकी मुलुकलाई सन्तुलनमा राखेर अघि बढ्नु जरुरी भएको बताए ।

त्यस्तैगरी सोही पार्टीका सहसंयोजक माधवकुमार नेपालले राज्यलाई अराजकताबाट जोगाएर अघि बढाउने जिम्मेवारी युवापुस्ताको काँधमा आएको बताए । नयाँ पुस्ता राजनीतिप्रति रुचि राख्दैन भन्ने भ्रम थियो, तर जेनजी आन्दोलनले त्यो गलत सावित गरिदिएको उनको भनाइ थियो । सहसंयोजक नेपालले सचेत र जिम्मेवार रूपमा आन्दोलित भएकामा युवालाई धन्यवाद दिँदै अब देशलाई शान्तिपूर्ण, लोकतान्त्रिक तरिकाले निकास दिनुपर्ने आवश्यकता रहेको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds