काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगित गरी विशेष महाधिवेशन आह्वान गरेपछि पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । महामन्त्रीद्वयको यो कदमले पार्टीमा नयाँ ध्रुवीकरण पैदा भएपछि सभापति शेरबहादुर देउवाले विवाद समाधानका लागि आकस्मिक रुपमा शीर्ष नेताहरूलाई छलफलमा बोलाएका छ्न् ।
जेनजी आन्दोलनपछि पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई सुम्पेर ओझेलमा बसेका देउवा पार्टीभित्रको संकट चर्किएपछि पुनः सक्रिय भएका हुन् । शुक्रबार बिहान आफ्नो निजी निवास महाराजगञ्जमा देउवाले शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका हुन् ।
छलफलका लागि कार्यवाहक सभापति खड्का महाराजगञ्ज पुगिसकेका छन् भने अन्य शीर्ष नेताहरू आउने क्रम जारी छ । महामन्त्रीद्वयले बिहीबार विशेष महाधिवेशनको मिति तय गरेलगत्तै संस्थापन पक्षले यसलाई अस्वीकार्य भन्दै विरोध जनाएको छ । शुक्रबार दिउँसो बस्ने केन्द्रीय कार्यसमिति बैठकअघि नै साझा धारणा बनाउन देउवाले यो दौडधुप सुरु गरेका हुन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।