लोड हुँदैछ...

मेनु

पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघमा साह निर्वाचित

पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघमा साह निर्वाचित

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघको सभापतिमा नरेश कुमार साह निर्वाचित भएका छन् ।

विहीवार भएको निर्वाचनमा साह ४५ मत प्राप्त गरि निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नविन लामिछानेले ४४ मत प्राप्त गरे । त्यस्तै भुपेन्द्र बाह्रकोटीले २९ र डाक्टर निरज मिश्रले १५ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपसभापतिमा दृष्टि वस्ती ५३ मत ल्याएर विजयी भइन् । उनका निकटतम प्रतिद्वन्दी जीवन थापाले ४६ र शंकर प्रसाद भण्डारीले ३४ मत प्राप्त गरे ।

त्यसैगरी, महासचिवमा डाक्टर प्रशन्न दाहाल ८६ मत ल्याएर विजयी बने । उनका प्रतिद्वन्दी दुर्गा प्रसाद वास्कोटाले ४७ मत प्राप्त गरे । ७३ मत ल्याएर सचिवमा पुकार चौधरी, कोषाध्यक्षमा प्रमिला सिन्हा विजयी भए ।

आठ जना केन्द्रीय सदस्य भने यसअघि नै निर्वाचित भइसकेका छन् । जसमा खुल्ला सदस्यमा रोहित शर्मा र भोला नाथ लुुईंटेल निर्विरोध निर्वाचित बने । त्यस्तै, महिला सदस्यमा अस्मिता श्रेष्ठ, ईञ्जिनियरिङ क्याम्पसबाट जगरनाथ साह, कृषि तथा वन विज्ञान क्याम्पसबाट मदन बहादुर थापा निर्विरोध निर्वाचित भए ।

त्यसैगरी, विज्ञान तथा प्रविधि क्याम्पसबाट राकेश ठाकुर, मेडिकल क्याम्पसबाट सुशिल रेग्मी, शिक्षण अस्पतालबाट राकेश कुमार अधिकारी, व्यवस्थापन क्याम्पसबाट प्रदिप के.सी. र जनता आदर्श बहुमुखी क्याम्पसबाट मनोज कुमार मेहता निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।