लोड हुँदैछ...

मेनु

खोटाङका १५ जनामा पाठेघरको मुखको क्यान्सर भएको आशंका

खोटाङका १५ जनामा पाठेघरको मुखको क्यान्सर भएको आशंका

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा सञ्चालन गरिएको महिलाको प्रजनन स्वास्थ्य शिविरमा १५ जनामा पाठेघरको मुखको भीआईए पोजेटिभ देखिएको छ।

बुधबार आयोजित शिविरमा १८० महिलाको परीक्षण गरिएकोमा १५ जनामा उक्त समस्या देखिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले जानकारी दिए।

थर्मोकोगुलेसन गर्दा समेत पोजेटिभ नै देखिएकाले पाठेघरको मुखको क्यान्सर हुन सक्ने आशङ्कामा ती महिलालाई थप परीक्षणका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा बोलाइएको छ। शिविरमा ६२ जनामा आङ खस्ने समस्या पनि फेला परेको छ।

तीमध्ये २२ जनालाई रिङपेसरी लगाइएको छ भने अन्य ९ जनाको शल्यक्रिया आवश्यक देखिएकाले उनीहरूलाई बनेपा पठाइने तयारी भइरहेको आचार्यले बताए। शल्यक्रिया गर्नुपर्ने बिरामीलाई पुस महिनाको अन्तिमसम्ममा बनेपा लगिने र उपचार निःशुल्क गरिनेछ।

बुइपामा आयोजित उक्त स्वास्थ्य शिविरमा बुइपा, विजयखर्क, राजापानी, नुनथला, बिजुलेलगायत क्षेत्रका २ सय १६ जनाले स्वास्थ्य परीक्षण गराएका थिए। यसैक्रममा बिहीबार जिल्ला अस्पताल दिक्तेलमा पनि स्वास्थ्य शिविर सञ्चालन गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।