लोड हुँदैछ...

मेनु

एमालेले कोशीबाट समानुपातिकमा २७ जना, झापाका मात्रै ८ जना (सूची)

एमालेले कोशीबाट समानुपातिकमा २७ जना, झापाका मात्रै ८ जना (सूची)

विराटनगर । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बुझाएको समानुपातिक बन्द सूचीका उम्मेद्वारमध्ये २७ जना कोशीका रहेका छन् । यद्यपि एमालेले हालसम्म आधिकारिक विवरण सार्वजनिक गरेको छैन ।

एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले दिएको जानकारी अनुसार ११० जनाको बन्दसूचीमा २७ जना कोशी प्रदेशबाट रहेका छन् । त्यसमध्ये एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लाबाट ८ जना रहेका छन् ।

झापाबाट समानुपातिकको सूचीमा पर्नेहरुमा लता प्रसाईं, निर्मला पाठक, मेनुका काफ्ले, विद्यानन्द राजवंशी, मीता घतानी, जितु गौतम, सोम पोर्तेल र अनिता कन्दङ्वा रहेका छन् ।

यस्तै मोरङ, इलाम र उदयपुरबाट २–२ जनाको नाम सिफारिस भएको छ । मोरङबाट गुरु बराल र नरेश पोखरेल रहेका छन् भने उदयपुरबाट मञ्जु चौधरी र कान्ता राई तथा इलामबाट तारा गुरुङ र शकुन्तला लेप्चा रहेका छन् ।

एमालेले पाँचथरबाट भूमिका सुब्बा, सुनसरीबाट मौसम राई, धनकुटाबाट मनकुमारी तारा तितुङ, तेह्रथुमबाट विष्णुमाया विक, संखुवासभाबाट लक्की शेर्पा, खोटाङबाट उषाकला राई, सोलुखुम्बुबाट डुफकुमार बाँस्तोला र भोजपुरबाट परशुराम अधिकारी रहेका छन् । कोशीका ओखलढुंगा र ताप्लेजुङबाट भने कोही पनि बन्द सूचीमा नपरेको सूचना आफूलाई आएको खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds