विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर २ बाट सामाजिक अभियन्ता कृष्ण कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दिने तयारीमा जुटेका छन्।
रास्वपासँग आबद्ध भएर उनले जनसरोकारका मुद्दालाई संसदसम्म पुर्याउने लक्ष्य लिएका छन् । उनले आफूलाई राजनीतिक दलको नेता नभई, आम नागरिकको सशक्त प्रतिनिधिको रूपमा देख्न पाउने बताएका छन् ।
कार्कीले आफ्नो प्रतिवद्धतामा मुख्यतया शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारी जस्ता आधारभूत क्षेत्रमा सुधार ल्याउने वाचा गरेका छन्। ‘मोरङको ग्रामीण भेगमा अझै पनि गुणस्तरीय शिक्षाको पहुँच र सुलभ स्वास्थ्य सेवा अभाव रहेको छ । युवालाई गाउँमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउन आवश्यक छ,’ उनले भने ।
स्थानीय स्तरका समस्यामा सहयोग पुर्याउँदै आएका कार्की केही समयअघि भएको जेनजी आन्दोलनमा पनि सहभागी थिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।