लोड हुँदैछ...

मेनु

जिसस भोजपुरका प्रमुख कमल थुलुङद्वारा काँग्रेस परित्याग

जिसस भोजपुरका प्रमुख कमल थुलुङद्वारा काँग्रेस परित्याग

विराटनगर । नेपाली कांग्रेसबाट जिल्ला समन्वय समिति भोजपुरको प्रमुख बनेका कमल थुलुङ राईले पार्टी छाडेका छन्।

कांग्रेसमा आफैंमात्र मालिक बन्नुपर्ने प्रवृत्तिले हावी भएको भन्दै थुलुङले नीतिगत र संरचनागत सुधारको छाँटकाँट नदेखिएको भन्दै पार्टी परित्याग गरेका हुन् ।

‘यही पद्दति र प्रवृत्तिबाट अझै पनि गुज्रिरहने हुँदा यो देशको विकास र जनचाहनाको सम्बोधन यो पार्टीले गर्न नसक्ने मेरो बुझाई रहेको र अब उप्रान्त म आफू अध्यक्षात्म शासन व्यवस्था प्रणाली अन्तरगत प्रत्यक्ष निर्वाचन कार्यकारी राष्ट्रपति व्यवस्थाको पक्षमा रहेकोले आजका मितिबाट नेपाली कांग्रेस जिल्ला कार्यसमिति, क्रियाशील सदस्य र नेपाली कांग्रेस सदस्यबाट राजीनामा दिएको ब्यहोरा अनुरोध छ’ उनले भनेका छन् । उनी २०७९ सालको निर्वाचनमा न माओवादीसहितको गठबन्धनबाट जिसस प्रमुख बनेका थिए।

कांग्रेस त्याग्नुअघि नै थुलुङ शनिवार नागरिक बचाउ महाअभियान नेपालका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईँसँग झापाको कार्यक्रममा सँगै देखिएका थिए। प्रसाईको संरक्षण रहेको राजेश पटेल नेतृत्वको राष्ट्रिय परिवर्तन पार्टीमा उनी आबद्ध हुने बताइएको छ ।

थुलुङ २०७४ को चुनावमा भोजपुर नगरपालिका ३ को वडाध्यक्ष भएका थिए । उनले छिट्टै जिसस प्रमुखको पद पनि छाड्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।