लोड हुँदैछ...

मेनु

तोकिएको मितिमै धाधलीरहित र निष्पक्ष निर्वाचन हुन्छ : गृहमन्त्री अर्याल

तोकिएको मितिमै धाधलीरहित र निष्पक्ष निर्वाचन हुन्छ : गृहमन्त्री अर्याल

विराटनगर । गृहमन्त्री ओम प्रकाश अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन तोकिएकै मितिमा धाधलीरहित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने उद्घोष गरेका छन् ।

विराटनगरस्थित एसियाटिक होटलमा बुधबारदेखि सुरु भएको ‘कोशी प्रदेश स्तरीय सुरक्षा गोष्ठी’ को उद्घाटन गर्दै गृहमन्त्री अर्यालले यस्तो बताएका हुन् ।

गृह मन्त्रालय र कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा सुरु भएको गोष्ठीमा उनले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सरकारले सुरक्षा रणनीतिलाई मजबुत बनाइरहेको उल्लेख गरे ।

गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले भने, “निर्वाचन लोकतन्त्रको अभिन्न प्रक्रिया हो । आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाधलीरहित बनाउन सरकार प्रतिबद्ध छ । यसका लागि आवश्यक सुरक्षा कार्ययोजना स्वीकृत भई कार्यान्वयनको चरणमा पुगिसकेको छ ।”

उनले भने, “जेन्जी जनआन्दोलन पछिको बदलिँदो परिस्थितिमा गृह प्रशासन सम्हाल्नु चुनौतीपूर्ण भए पनि सरकारले सुरक्षा र सुशासनलाई मुख्य प्राथमिकतामा राखेको छ । आन्दोलनका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूलाई राहत र सहयोग पुर्‍याउने कार्यविधि समेत स्वीकृत भइसकेको छ ।”

गृहमन्त्री अर्यालले १४ वटै जिल्लाका सुरक्षा प्रमुखहरूलाई निर्देशन दिँदै निर्वाचन केन्द्रित सुरक्षा योजनामा कुनै सम्झौता नगर्न आग्रह गरे । प्रदेश स्तरमा मुख्य सचिवको संयोजकत्वमा निर्वाचन सेल गठन भइसकेको जानकारी दिँदै उनले निर्वाचन पूर्व, निर्वाचनको समय र निर्वाचन पश्चात्को सुरक्षा संवेदनशीलतालाई ध्यान दिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds