विराटनगर । विगतको निर्वाचनमा भएको खर्च विवरण तोकिएको समयभित्र सार्वजनिक नगरेको भन्दै निर्वाचन आयोगले कोशी प्रदेशका प्रभावशाली नेताहरूलाई ‘कालोसूची’मा राखेको छ।
यसरी कालोसूचीमा पर्नेहरूमा नेकपा एमालेका सचिव तथा कोशी प्रदेश सचिव शेरधन राईसहित कोशी प्रदेशका सयौँ उम्मेदवारहरू रहेका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि उम्मेदवारी दिने तयारीमा रहेका यी नेताहरूको उम्मेदवारी अब संकटमा परेको छ। आयोगले उनीहरूलाई जनही १५ हजार रुपैयाँ जरिवानासहित आगामी निर्वाचनमा भाग लिन नपाउने गरी कडा कदम चालेको हो।
भोजपुरबाट उम्मेदवार बनेका शेरधन राई तत्कालिन माओवादी केन्द्रका सुदन किरातीसँग पराजित भएका थिए । राईले खर्च विवरण बुझाए पनि सार्वजनिक नगरेका कारण १५ हजार जरिवाना र कालोसूचीको सामना गर्नु परेको छ।
यस्तै तेह्रथुमबाट एमालेका विजय सुब्बालाई पराजित गर्दै सांसद बनेकी काङ्ग्रेस नेत्री गुरुङको नाम पनि कालोसूचीमा छ। उनले पनि निर्वाचन खर्चको विवरण नबुझाएको र जरिमाना नतिरेको कारण कालो सूचीमा राखिएको निर्वाचन आयोगले जनाएको छ।
मोरङ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवार बनेर विजयी भएका योगेन्द्र मण्डलले पनि निर्वाचन लड्न पाउने छैनन्। मण्डल पछिल्लो चरणमा राष्ट्रिय ऊर्जाशील पार्टी गठन गरेर निर्वाचनमा होमिने तयारीमा छन् । उनले नेपाली कम्युनिस्ट पार्टी (तत्कालीन नेकपा माओवादी केन्द्र) का उम्मेदवार शिवकुमार मण्डललाई पराजित गरेका थिए।
निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कोशी प्रदेशमा ठूलो संख्यामा उम्मेदवारहरूले निर्वाचन कानुनको उल्लंघन गरेका छन् । जसमा सुनसरीमा सबैभन्दा बढी १३३ जना उम्मेदवारहरू कालोसूचीमा परेका छन्। मोरङका ८२ जना उम्मेदवारहरूले जरिवाना तिर्नुपर्ने र कालोसूचीमा बस्नुपर्ने भएको छ। यस्तै झापाका ५६, भोजपुरका ४ जना, ताप्लेजुङका ३ जना, तेह्रथुमकी सीता गुरुङसहित ६ जना, पाँचथरका २ र उदयपुरका १ जना उम्मेदवार कारबाहीमा परेका छन्।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार जरिवाना तिरेपनि विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूले फागुन २१ को चुनावमा उम्मेदवारी दिन पाउने छैनन्। उम्मेदवारी दिए पनि उनीहरूको उम्मेदवारी कानुनअनुसार खारेज हुने आयोगले जनाएको छ।
निर्वाचन आयोगले २०८० वैशाख ४ गते सबै उम्मेदवारलाई खर्च विवरण सार्वजनिक गर्न निर्देशन दिएको थियो। निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३१ को उपदफा (४) अनुसार खर्च विवरण सार्वजनिक नगर्नु कानुनी अपराध हो। देशभर कुल १ हजार ८० जना उम्मेदवारहरू यसरी नै आयोगको ‘नो उम्मेदवारी’ को दायरामा परेका छन्।
आगामी फागुन २१ को निर्वाचनका लागि राजनीतिक दलहरूले उम्मेदवार चयन गरिरहेका बेला आयोगको यो कडा निर्णयले कांग्रेस र एमाले जस्ता ठूला दलका पदाधिकारीहरूको राजनीतिक यात्रामा समेत गम्भीर धक्का पुगेको छ।
१. उदयपुर (Udayapur):
- विन्दाकुमारी कटुवाल – पार्टी: जनजागरण पार्टी नेपाल
२. झापा (Jhapa):
- राम कुमार काफ्ले – पार्टी: नेपाल जनता पार्टी
- ठण्डबहादुर अधिकारी – पार्टी: हाम्रो नेपाली पार्टी
- रमेश बास्तोला – पार्टी: जनसमाजवादी पार्टी नेपाल
- विदुर कुमार खतिवडा – पार्टी: स्वतन्त्र
- विकास राजवंशी – पार्टी: स्वतन्त्र
- ओलीन राजवंशी – पार्टी: लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
- नारायण बहादुर भारती – पार्टी: नेपाली कांग्रेस (बी.पी.)
- कृष्ण प्रसाद गौतम – पार्टी: जनसमाजवादी पार्टी नेपाल
- चेत कुमार खनाल – पार्टी: स्वतन्त्र
- कुमार भट्टराई – पार्टी: स्वतन्त्र
- राज कुमार तामाङ लामा – पार्टी: स्वतन्त्र
- भद्र प्रसाद नेपाल – पार्टी: स्वतन्त्र
- खेमराज दहाल – पार्टी: स्वतन्त्र
- श्रीनारायण राजवंशी – पार्टी: लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
- रामसुफल कामती – पार्टी: जनता समाजवादी पार्टी, नेपाल
- सन्तोष घिमिरे – पार्टी: नेपाल विवेकशील पार्टी
- हरि कुमार राना मगर – पार्टी: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
- योगेन्द्र प्रसाद खनाल – पार्टी: हाम्रो नेपाली पार्टी
- भक्ती प्रसाद पनेरु – पार्टी: नेपाली कांग्रेस (बी.पी.)
- प्रेम प्रसाद खनाल – पार्टी: स्वतन्त्र
- डम्बर बहादुर गिरी – पार्टी: स्वतन्त्र
- मनोरथ राजवंशी – पार्टी: स्वतन्त्र
- भोट लाल राजवंशी – पार्टी: जनमत पार्टी
- देवेन्द्र किशोर ढुंगाना – पार्टी: लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
- वीर बहादुर राई – पार्टी: जनता समाजवादी पार्टी, नेपाल
- देवी रमण भट्टराई – पार्टी: राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
- ओम प्रकाश खरेल – पार्टी: सचेत नेपाली पार्टी
- युक्त प्रसाद भेटवाल – पार्टी: हाम्रो नेपाली पार्टी
- दुर्गा प्रसाद घिमिरे – पार्टी: नेपाली कांग्रेस (बी.पी.)
- खुश्बु ओली – पार्टी: स्वतन्त्र
- नन्द राज राई – पार्टी: स्वतन्त्र
- कमल बहादुर पौड्याल – पार्टी: स्वतन्त्र
- पूर्ण कुमार लिम्बु (फेजुङ्ग) – पार्टी: स्वतन्त्र
- लक्ष्मीनारायण खनाल – पार्टी: स्वतन्त्र
- किरण श्रेष्ठ – पार्टी: स्वतन्त्र
- सत्य नारायण राजवंशी – पार्टी: जनमत पार्टी
- ग्यासदुद्दिन मिया – पार्टी: लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
- हर्कराज राई – पार्टी: जनता समाजवादी पार्टी, नेपाल
- खगेन्द्र अधिकारी – पार्टी: नेपाली कांग्रेस
- रुद्र प्रसाद दाहाल – पार्टी: नेपाल मजदुर किसान पार्टी
- सेखरनाथ सेडाई – पार्टी: नेपाली कांग्रेस (बी.पी.)
- कल्पना लावती – पार्टी: स्वतन्त्र
- तुलसी राम काफ्ले – पार्टी: स्वतन्त्र
- रामचन्द्र बानिया – पार्टी: स्वतन्त्र
- रोहीत प्रसाद पौड्याल – पार्टी: स्वतन्त्र
- दिपक कुमार पाठक – पार्टी: स्वतन्त्र
- रेवती रमण खनाल – पार्टी: स्वतन्त्र
- भेषराज भट्टराई – पार्टी: स्वतन्त्र
- इन्द्रमणी दाहाल – पार्टी: स्वतन्त्र
- शान्ता अधिकारी – पार्टी: स्वतन्त्र
- तिर्थेश्वर चौधरी – पार्टी: स्वतन्त्र
- भीम राजवंशी – पार्टी: जनमत पार्टी
- चन्द्र प्रसाद राजवंशी – पार्टी: लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
- राजन चुडाल – पार्टी: नेश्नलिष्ट पिपल्स पार्टी
- राम प्रसाद पाठक – पार्टी: सचेत नेपाली पार्टी
३. ताप्लेजुङ (Taplejung):
- राम बहादुर कार्की – पार्टी: राष्ट्रिय प्रजातन्त्र पार्टी
- हरि प्रसाद बराल – पार्टी: स्वतन्त्र
- चैतन्य प्रकाश केदेम – पार्टी: लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
४. तेह्रथुम (Tehrathum):
- सिता गुरुङ्ग – पार्टी: नेपाली कांग्रेस
- युव राम गौतम – पार्टी: राष्ट्रिय प्रजातन्त्र पार्टी
- गंगा बहादुर चोङवाङ लिम्बु – पार्टी: मंगोल नेशनल अर्गनाइजेसन
- विष्णु कुमार चोङवाङ – पार्टी: संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
- टंक प्रसाद भट्टराई – पार्टी: नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)
- गौरी प्रसाद कन्दङवा – पार्टी: राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
५. पाँचथर (Panchthar):
- भिम बहादुर तामाङ – पार्टी: जन समाजवादी पार्टी नेपाल
- जस बहादुर योङहाङ – पार्टी: संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
६. भोजपुर (Bhojpur):
- शेरधन राई – पार्टी: नेपाल कम्युनिष्ट पार्टी (एमाले)
- रमेश प्रसाद ओझा – पार्टी: हाम्रो नेपाली पार्टी
- महेश योञ्जन – पार्टी: स्वतन्त्र
- शक्ति राज राई – पार्टी: स्वतन्त्र
७. मोरङ्ग (Morang):
- बुद्ध माया लिम्बु – पार्टी: राष्ट्रिय जनमुक्ति पार्टी
- राजेन्द्र प्रसाद पौडेल – पार्टी: हाम्रो नेपाली पार्टी
- होम नाथ गौतम – पार्टी: राष्ट्रिय प्रजातन्त्र पार्टी
- गोपाल दाहाल – पार्टी: राष्ट्रिय प्रजातन्त्र पार्टी
- ठगेन्द्र प्रसाद न्यौपाने – पार्टी: राष्ट्रिय स्वतन्त्र पार्टी
- नारायण प्रसाद गंगाई – पार्टी: लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
- मिना कटुवाल बुढाथोकी – पार्टी: नेश्नलिष्ट पिपल्स पार्टी
- राज कुमार सिवाकोटी – पार्टी: स्वतन्त्र
- विनोड मणी भट्टराई – पार्टी: हाम्रो नेपाली पार्टी
- विश्वेश्वर ऋषिदेव – पार्टी: स्वतन्त्र
- सुनिल कुमार साह – पार्टी: स्वतन्त्र
- अरविन्द शाह – पार्टी: स्वतन्त्र
- इन्दिरा थापा – पार्टी: स्वतन्त्र
- इन्द्र प्रसाद सुवेदी – पार्टी: स्वतन्त्र
- उद्धिम बहादुर खड्का – पार्टी: नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी)
- कमल राजवंशी – पार्टी: स्वतन्त्र
- कमल लिम्बु – पार्टी: जनसमाजवादी पार्टी नेपाल
- कृष्ण राई – पार्टी: स्वतन्त्र
- खगेन्द्र प्रसाद न्यौपाने – पार्टी: हाम्रो नेपाली पार्टी
- गणेश बहादुर पोख्रेल – पार्टी: स्वतन्त्र
- चन्द्र कला खत्रि – पार्टी: स्वतन्त्र
- जय राज संयोग – पार्टी: स्वतन्त्र
- जीव नाथ निरौला – पार्टी: स्वतन्त्र
- दिनेश चापागाई – पार्टी: स्वतन्त्र
- धर्म प्रसाद न्यौपाने – पार्टी: स्वतन्त्र
- नारायण शर्मा – पार्टी: नेश्नलिष्ट पिपल्स पार्टी
- पंकज कुमार भगत – पार्टी: स्वतन्त्र
- प्रकाश भट्टराई – पार्टी: स्वतन्त्र
- बाबु राम सुवेदी – पार्टी: स्वतन्त्र
- भुवन राइ – पार्टी: लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
- रेखा थापा – पार्टी: राष्ट्रिय प्रजातन्त्र पार्टी
- रेवत कुमार बस्नेत – पार्टी: स्वतन्त्र
- विकास उप्रेती – पार्टी: राष्ट्रिय स्वतन्त्र पार्टी
- सुरेश भण्डारी – पार्टी: स्वतन्त्र
- सुवास धिमाल – पार्टी: स्वतन्त्र
- हिम प्रसाद मिश्र – पार्टी: स्वतन्त्र
- कुवेत मिया – पार्टी: स्वतन्त्र
- ज्ञानेन्द्र खत्री – पार्टी: स्वतन्त्र
- देव नारायण विश्वास – पार्टी: स्वतन्त्र
- नविन कुमार विश्वास खवास – पार्टी: हाम्रो नेपाली पार्टी
- पदम कार्की – पार्टी: स्वतन्त्र
- महेश नेपाल – पार्टी: स्वतन्त्र
- रवि रिजाल – पार्टी: राष्ट्रिय प्रजातन्त्र पार्टी
- राजेन्द्र कुमार खवास – पार्टी: स्वतन्त्र
- लक्ष्मण साहु – पार्टी: लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
- फिरोज कुमार साह – पार्टी: हाम्रो नेपाली पार्टी
- मजबलु रहमान मियाँ मुस्लिम – पार्टी: नेपाल लोकतान्त्रिक पार्टी
- मनोज कुमार मण्डल – पार्टी: स्वतन्त्र
- मोहमद रेजा हुसेन – पार्टी: स्वतन्त्र
- योगेन्द्र मण्डल – पार्टी: स्वतन्त्र
- रमेश कुमार यादव – पार्टी: स्वतन्त्र
- राम प्रसाद मुखिया – पार्टी: स्वतन्त्र
- रेवत बहादुर थापा – पार्टी: राष्ट्रिय प्रजातन्त्र पार्टी
- विद्या भूषण प्रसाद – पार्टी: स्वतन्त्र
- सञ्जु शर्मा वदई – पार्टी: स्वतन्त्र
- गोपाल क्षेत्री – पार्टी: राष्ट्रिय प्रजातन्त्र पार्टी
- चिरञ्जीवि खतिवडा – पार्टी: नेपाल मजदुर किसान पार्टी
- टेक बहादुर अधिकारी क्षेत्री – पार्टी: हाम्रो नेपाली पार्टी
- नारायण पासवान – पार्टी: बहुजन शक्ति पार्टी
- प्रशान्त ठाकुर – पार्टी: जनता प्रगतिशिल पार्टी, नेपाल
- लक्ष्मी थेवे – पार्टी: स्वतन्त्र
- सरोज नेपाल – पार्टी: स्वतन्त्र
८. सुनसरी (Sunsari):
- अशोक कुमार राई – पार्टी: राष्ट्रिय प्रजातन्त्र पार्टी
- मंगल सिंह लिम्बु – पार्टी: जनसमाजवादी पार्टी नेपाल
- सञ्जय कुमार राई – पार्टी: स्वतन्त्र
- मनोज कुमार मेयाङ्गबो – पार्टी: स्वतन्त्र
- मातृका प्रसाद भट्टराई – पार्टी: स्वतन्त्र
- तर्क बहादुर मगर – पार्टी: स्वतन्त्र
- विजय कुमार राई – पार्टी: स्वतन्त्र
- कुमार कार्की – पार्टी: स्वतन्त्र
- कुल बहादुर लिम्बु – पार्टी: स्वतन्त्र
- कृष्ण कुमार राई – पार्टी: स्वतन्त्र
- देवी बहादुर राई – पार्टी: किरात खम्बुवान साझा पार्टी
- गोमा तामाङ – पार्टी: राष्ट्रिय स्वतन्त्र पार्टी
- फत्त बहादुर खडका – पार्टी: जनमत पार्टी
- सिताराम महतो – पार्टी: नेपाली कांग्रेस
- दिनेश कुमार बस्नेत – पार्टी: राष्ट्रिय प्रजातन्त्र पार्टी
- विजय कुमार बस्नेत – पार्टी: विवेकशील साझा पार्टी
- राजेश चौधरी – पार्टी: हाम्रो नेपाली पार्टी
- विदुर प्रसाद पौडेल – पार्टी: स्वतन्त्र
- फरेन्द्र शाह – पार्टी: स्वतन्त्र
- सुरेश कुमार मेहता – पार्टी: स्वतन्त्र
- बाबुराम सुवेदी – पार्टी: स्वतन्त्र
- चेतनाथ पौडेल – पार्टी: स्वतन्त्र
- वविता नुन्दी – पार्टी: स्वतन्त्र
- श्रवण कुमार मेहता – पार्टी: स्वतन्त्र
- शर्मानन्द खतिवडा – पार्टी: स्वतन्त्र
- ललन कुमार मेहता – पार्टी: स्वतन्त्र
- मनोज कुमार मेहता – पार्टी: स्वतन्त्र
- प्रेम प्रसाद भट्टराई – पार्टी: स्वतन्त्र
- लाल बिक्रम थापा – पार्टी: राष्ट्रिय स्वतन्त्र पार्टी
- नुनु राम चौधरी – पार्टी: नेपाल लोकतान्त्रिक पार्टी
- शोभावती कुमारी चौधरी – पार्टी: नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)
- मुमताज मियाँ – पार्टी: लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
- रामेश्वर साहु हल्वाई – पार्टी: राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
- विजय कुमार गच्छदार – पार्टी: नेपाली कांग्रेस
- कुलदीप चौधरी – पार्टी: राष्ट्रिय प्रजातन्त्र पार्टी
- साहाउद्दीन मिया – पार्टी: राष्ट्रिय जनमुक्ति पार्टी
- यज्ञ बहादुर कटुवाल – पार्टी: हाम्रो नेपाली पार्टी
- कुन्दन बहरदार – पार्टी: पिछडावर्ग निषाद दलित जनजाती पार्टी
- अम्बर बहादुर राउत – पार्टी: नेपाली कांग्रेस (बी.पी.)
- मुकेश प्रसाद ढकाल – पार्टी: स्वतन्त्र
- सहिमुद्दिन मिया – पार्टी: स्वतन्त्र
- सज्जन ऋषिदेव – पार्टी: स्वतन्त्र
- किशोर कुमार विश्वास – पार्टी: स्वतन्त्र
- स्मित कार्की – पार्टी: स्वतन्त्र
- कमल बाबु मैनाली – पार्टी: राष्ट्रिय स्वतन्त्र पार्टी
- देव नारायण यादव सिपलिया – पार्टी: लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
- विद्यानन्द यादव – पार्टी: राष्ट्रिय प्रजातन्त्र पार्टी
- अर्जुन प्रसाद भट्टराई – पार्टी: नेपाल मजदुर किसान पार्टी
- बालेश्वर यादव – पार्टी: स्वतन्त्र
- खालिद हुसेन हक – पार्टी: स्वतन्त्र
- मनोज कुमार मण्डल – पार्टी: स्वतन्त्र
- समिर मन्सुरी – पार्टी: स्वतन्त्र
- डील्ली बहादुर विष्ट – पार्टी: स्वतन्त्र
- केशव कार्की – पार्टी: स्वतन्त्र
- केशव उराँव – पार्टी: स्वतन्त्र
- श्याम प्रसाद ढकाल – पार्टी: स्वतन्त्र
- अब्दुल जव्बार अंसारी – पार्टी: स्वतन्त्र
- फेकन दास मोची – पार्टी: स्वतन्त्र
- विद्यानन्द प्रसाद साह – पार्टी: स्वतन्त्र
- कुमार राई – पार्टी: नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी
- गोपाल नेपाल – पार्टी: एकीकृत शक्ति नेपाल
- जिवन कुमार श्रेष्ठ – पार्टी: राष्ट्रिय स्वतन्त्र पार्टी
- कुञ्जी लाल यादव – पार्टी: लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
- गुलावचन मुसहर – पार्टी: जनता प्रगतिशिल पार्टी, नेपाल
- डम्बर बहादुर घिमिरे – पार्टी: नेपालका लागि नेपाली पार्टी
- सत्य नारायण राम – पार्टी: राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।