लोड हुँदैछ...

मेनु

प्रलोपाका नेता कर्ण रास्वपामा प्रवेश, मोरङ ४ बाट प्रतिस्पर्धा गर्ने

प्रलोपाका नेता कर्ण रास्वपामा प्रवेश, मोरङ ४ बाट प्रतिस्पर्धा गर्ने

विराटनगर । प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता तेजलाल कर्ण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।

तत्कालिन माओवादीबाट छुट्टिएर डाक्टर बाबुराम भट्टराईले १२ वर्ष अगाडि स्थापना गरेको नयाँ शक्ति पार्टीमा कर्ण पनि सहभागी बनेका थिए । कर्णले आफू औपचारिक रुपमा रास्वपामा प्रवेश गरेको बताए ।

काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच उनी रास्वपा प्रवेश गरेका हुन् । डाक्टर बाबुराम भट्टराईले वैकल्पिक राजनीतिको नाममा कार्यकर्तालाई भ्रममा राखेको र अन्त्यमा फेरि पुरानै माओवादी विचारधाराका नेताहरूसँग मिलेर पार्टी बनाएको कर्णले बताए । ‘वैकल्पिक भनेर लागियो, तर अन्त्यमा माओवादी पृष्ठभूमि भन्दा बाहिर निस्कन सकिएन,’ उनले भने ।

भट्टराईको पहलमा सुदन राई संयोजक र जनार्दन शर्माहरूको समेत परोक्ष संलग्नतामा बनाइएको प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) ‘माओवादीहरूको नयाँ खोल’ भएको उनको भनाइ छ ।

‘हामीले भट्टराईलाई नेतृत्व छोडेर पूर्वप्रधानमन्त्रीको हैसियतमा सबै वैकल्पिक शक्तिहरूलाई एकजुट बनाउन आह्वान गर्न सुझाव दिएका थियौँ,’ नेता कर्णले भने, ‘तर उहाँले फेरि पनि केही व्यक्तिहरूको स्वार्थमा मात्र केन्द्रित भएर नयाँ पार्टीको नाटक गर्नुभयो ।’ कर्णले आउँदो प्रतिनिधिसभाको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ बाट उठ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds