लोड हुँदैछ...

मेनु

कोशी प्रदेशबाट नेकपाको समानुपातिकमा १३ उम्मेदवार

कोशी प्रदेशबाट नेकपाको समानुपातिकमा १३ उम्मेदवार

विराटनगर । कोशी प्रदेशबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि समानुपातिकतर्फ १३ जनाको नाम समावेश गरेको छ ।

सोमबार निर्वाचन आयोगमा बुझाईएको समानुपातिकतर्फका ११० उम्मेदवारको सुचीमा कोशी प्रदेशका १३ जना परेका हुन् ।

सुचीमा सोलुखुम्बुकी करुणा बस्नेत र सुनसरीका सावित्री पोखरेलको नाम खसआर्य महिलातर्फ रहेको छ । बस्नेतको नाम खसआर्यतर्फ पहिलो नम्बरमा छ । खसआर्य पुरुषतर्फ उदयपुरका विनोद कतुवाल र राजमणी पोखरेलको नाम छ । कटवाल सहिद परिवारका सदस्य हुन् ।

सुचीमा आदिवासी जनवातिमा महिलातर्फ मोरङकी ममता राजवंशी, ओखलढूंगाकी सुनिता बुढा मगर, सुनसरीकी कल्पना लिम्बू र ओखलढुंगाकै निर्मला श्रेष्ठको नाम समावेश रहेको छ । आदिवासी जनजाति पुरुषतर्फ ताप्लेजुङका भरतकुमार श्रेष्ठ, र दंगध्वज खोयाहाङ, भोजपुरका कृष्णकुमार राई र सोलुखुम्बुका पासाङ शेर्र्पाको नाम छ ।

मधेशी पुरुषमा मोरङका अभिमन्यु यादवको नाम रहेको छ । अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष यादव जेनजी हुन् ।

नेकपाले उम्मेदवार बनाएका सबै यसअघि कुनैपनि लाभको पदमा नबसेकाहरु हुन् । नेकपाले यसअघि सांसद वा मन्त्री बनेकलाई समानुपातिक उम्मेदवार नबनाउने निर्र्णय बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds