लोड हुँदैछ...

मेनु

काँग्रेसबाट समानुपातिकमा पर्ने कोशी प्रदेशका १८ जना (नामावली)

काँग्रेसबाट समानुपातिकमा पर्ने कोशी प्रदेशका १८ जना (नामावली)

विराटनगवर । नेपाली कांग्रेसले कोशी प्रदेशबाट समानुपातिक प्रणालीतर्फ बन्दसूचीमा १८ जनाको नाम समावेश गरेको छ ।

पाँच क्लस्टरबाट कांग्रेसले १८ जनाको नाम बन्दसूचीमा राखेको हो । कोशी प्रदेश केन्द्रीय नेताहरूसँगको समन्वयमा कोशी प्रदेश कार्यसमितिले आदिवासी जनजातीका ४ पुरुष र ५ महिला गरी ९ जना, खस आर्यतर्फका ४ महिला, थारूका १ महिला, दलितका १ महिला र १ पुरुष तथा मुस्लिमका १ महिला र १ पुरुष गरी १८ जनाको नाम समावेश गरिएको हो ।

सूचीअनुसार आदिवासी जनजाती पुरुषतर्फ केन्द्रीय सहमहामन्त्री भिष्मराज आङ्देम्बे (पाँचथर), गोपालमानसिंह भण्डारी (मोरङ), थलकुमार लिंखा (संखुवासभा), विजय सोम्वाहाम्फे (तेह्रथुम) छन् । आदिवासी जनजाती महिलातर्फ गीता गुरुङ (सोलुखुम्बु), गीताकुमारी सेन्दाङ ताप्लेजुङ, सविता राई (ओखलढुंगा), प्रमिका रानामगर (इलाम) र निर्मला गुरुङ (सुनसरी) छन् ।

खसआर्यतर्फ सुशीला ढकाल आचार्य (झापा), रुक्मिणी कोइराला (मोरङ), गोमकुमारी भट्टराई (झापा) तथा रिना उप्रेती (सोलुखुम्बु) छन् । उप्रेती केन्द्रीय सदस्य बलबहादुर केसीकी श्रीमती हुन् ।

थारू क्लस्टरबाट डा. प्रमिला गच्छदार (मोरङ) को नाम राखिएको छ । दलितबाट मनुमाया विश्वकर्मा (झापा) र चन्द्रेश्वर शर्मा खत्वे (सुनसरी) को नाम राखिएको छ । त्यस्तै मुस्लिम क्लस्टरबाट नागमा शाहिद अन्सारी (सुनसरी) तथा जमिल अख्तर मिया (सुनसरी) को नाम राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds