विराटनगर । विरेन्द्र बस्नेतको नेतृत्वको गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) ले निर्वाचनमा आयोगमा समानुपातिकतर्फका उम्मेदवारका लागि ११ जनाको नाम निर्वाचन आयोगमा बुझाएको छ ।
मंगलबार पेस गरिएको सूचीमा विश्वास प्रजा, करुणा डुम्जन, रेजिना गुरुङ, नगमा खरेल, अल्का सापकोटा, दीर्घबहादुर खड्का, शैली चौधरी, अनामिका चौधरी, गीता केसी दर्नाल, रुवी खातुन र निशा राजवंशी छन् ।
११ जनाको सूचीमा ४ जना गलोपाका केन्द्रीय सदस्य परेका छन् । विश्वास प्रजा, शैली चौधरी, नगमा खरेल र अल्का सापकोटा केन्द्रीय सदस्य हुन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।