विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक गरेको उम्मेदवारहरूको बन्द सूचीमा कोशी प्रदेशका नागरिकताधारीहरुको संख्या उल्लेख्य देखिएको छ ।
निर्वाचन कार्यालयमा बुझाएको सूभीमा मोरङ जिल्लाबाट सबैभन्दा बढी १५ जना उम्मेदवारहरू सूचीमा परेका छन् । जसमा डा. राम लामा, मिडमा ग्याबु शेर्पा, ज्ञानेन्द्र मल्ल, डा. महेन्द्र लावती, मनकाजी श्रेष्ठ, आयुष मानन्धर, गंगा छन्त्याल, अनुष्का श्रेष्ठ, त्रिसाला गुरुङ, रजनी श्रेष्ठ, डा. ओजश्वी शेरचन, मीरा महर्जन, तुलसा वाइवा, रञ्जु दर्शना र सुरेन्द्र चौधरी रहेका छन् । उनीहरुको नागरिकता मोरङबाट जारी भएको भएपनि सबै मोरङका स्थायी बासिन्दा भने होइनन् ।
यस्तै सुनसरीबाट ९ जना बन्द सूचीमा समावेश भएका छन् । जसमा सिर्जना श्रेष्ठ, डा. नन्दन यादव, पुरुषोत्तम यादव, डा. रञ्जित पञ्जियार, डा. ललिता कुमारी, मनिपा कुमारी, कामिनी कुमारी, प्रमिला कुमारी सिंह र सम्झना पण्डित रहेका छन् ।
यस्तै ताप्लेजुङबाट रमेश प्रसाईं र निर्मला खिम्दिङ उम्मेदवार बन्दा सोलुखुम्बुबाट उर्मिला चौधरी र करिश्मा कठरिया सूचीमा समावेश छन् । ओखलढुंगाबाट प्रेमलाल चौधरी र समिउन निशा परेका छन् । यस्ैतै पाँचथरबाट रुपक विश्वकर्मा घिमिरे, इलामबाट मिलन लिम्बू, झापाबाट टीका संग्रौला, खोटाङबाट सत्यकला राई र भोजपुरबाट गीता चौधरी समावेश भएका छन् ।
कोशीका १४ जिल्लामध्ये सङ्खुवासभा, तेह्रथुम, धनकुटा र उदयपुरबाट भने बन्द सूचीमा परेका छैनन् । रास्वपाले आदिवासी जनजाति, खस आर्य, दलित, थारु, मधेसी र मुस्लिम लगायतका सबै समुदायका पेशाकर्मी, चिकित्सक र युवा अभियन्ताहरूलाई समेटेर चुनावी मैदानमा उतारेका छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।