विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्द सूचीमा अखिल क्रान्तिकारीका दुई नेता समावेश भएका छन् ।
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि बुझाएको समानुपातिकतर्फको बन्द सूचीमा विद्यार्थी नेता अभिमन्यु यादव र नेतृ पञ्चा सिंह समेटिएका हुन् । मधेशी क्लस्टरअन्तर्गत यादवलाई उम्मेदवार बनाएको हो भने अखिल क्रान्तिकारीकी पूर्व अध्यक्षसिंहको नाम खस आर्य कोटामा समावेश छ ।
विराटनगरमा रहेर विद्यार्थी राजनीति गरिरहेका यादव अखिल क्रान्तिकारीको निर्वाचित केन्द्रीय उपाध्यक्ष हुन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।