लोड हुँदैछ...

मेनु

एमालेको समानुपातिक सूचीमा मोरङका नेता नरेश पोखरेल, यस्तो छ खस आर्यतर्फको नामावली

एमालेको समानुपातिक सूचीमा मोरङका नेता नरेश पोखरेल, यस्तो छ खस आर्यतर्फको नामावली

विराटनगर नेकपा (एमाले) ले निर्वाचन आयोगमा बुझाएको ११० जनाको समानुपातिक उम्मेदवारको बन्दसूचीमा मोरङका नेता नरेश पोखरेल समेटिएका छन् । एमालेले बुझाएको अन्तिम नामावलीमा खस आर्य समूहको तर्फबाट पोखरेलको नाम समावेश गरिएको हो ।

एमालेले खस आर्य समूहबाट कुल ३३ जनाको नाम बुझाएको छ । जसमा १६ जना पुरुष र १७ जना महिला रहेका छन् । मोरङबाट प्रतिनिधित्व गर्ने पोखरेलसँगै एमालेको यो सूचीमा पार्टीका शीर्ष नेताहरूको समेत बाहुल्यता रहेको छ । विशेषगरी उपाध्यक्ष रामबहादुर थापा ुबादलु, सचिव पद्मा अर्याल र नेता गुरु बराल जस्ता व्यक्तित्वहरू समानुपातिक सूचीमा अटाएका छन् ।

मोरङका नरेश पोखरेलसँगै खस आर्य कोटाबाट अन्य विभिन्न जिल्लाका नेताहरू पनि सूचीमा परेका छन् । जसमा भोजपुरका पर्शुराम अधिकारी, अछामका बम बहादुर बिसी, कैलालीका हरिशंकर योगी, सुर्खेतका बालाराम शर्मा र कालीकोटका दुर्गा बहादुर शाही रहेका छन् ।

त्यस्तै, महिलातर्फ निर्मला पाठक, लक्ष्मी थापा, मेनका काफ्ले, शारदा पराजुली, यशोदा कुमारी बराल, लीला भण्डारी, अंशु मैया खड्का, नारायणी खनाल, प्रभा बराल र बझाङकी भागीरथी सिंहको नाम समावेश छ ।
एमालेले समावेशी सिद्धान्त अनुसार खस आर्य, आदिवासी जनजाति, मधेसी, दलित, थारु र मुस्लिम समुदायको प्रतिनिधित्व हुने गरी ११० जनाको पूर्ण सूची तयार पारेको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds