लोड हुँदैछ...

मेनु

विराटनगरको सिटी सिनेमामा नेपालकै पहिलो ‘BARCO 4K’ लेजर प्रोजेक्टर जडान

विराटनगरको सिटी सिनेमामा नेपालकै पहिलो ‘BARCO 4K’ लेजर प्रोजेक्टर जडान

विराटनगर । विराटनगरको पहिलो मल्टिप्लेक्स, सिटी सिनेमा प्रा. लि. ले नेपाली चलचित्र क्षेत्रमा नयाँ आयाम थप्दै अत्याधुनिक प्रविधि भित्र्याएको छ । सिनेमाले नेपालमै पहिलो पटक विश्वस्तरीय ‘BARCO 4K लेजर प्रोजेक्टर’ सफलतापूर्वक जडान गरेको जानकारी दिएको छ ।

झन्डै २ करोड रुपैयाँको लागतमा जडान गरिएको यो प्रोजेक्टर नेपालमा पहिलो र एकमात्र भएको सिनेमाले दाबी गरेको छ । यस नयाँ प्रविधिको सुरुवातसँगै नेपाली सिनेमा उद्योगमा नयाँ मापदण्ड स्थापित हुने विश्वास लिइएको छ ।

सिटी सिनेमाका अनुसार यो अत्याधुनिक प्रोजेक्टरले उच्च रिजोल्युसन, उत्कृष्ट उज्यालोपन, गहिरो कन्ट्रास्ट र अत्यन्तै जीवन्त रंगहरू प्रदान गर्दछ । जसका कारण दर्शकहरूले विश्वस्तरीय दृश्य अनुभव प्राप्त गर्नेछन् । यो प्रविधिले चलचित्र हेर्ने अनुभवलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने र विराटनगरलाई अत्याधुनिक मनोरञ्जन केन्द्रको रूपमा स्थापित गर्ने सिनेमाको उद्देश्य छ ।

सिटी सिनेमा परिवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामीले नेपालमै पहिलो पटक यो प्रविधि भित्र्याउन सफल भएकोमा गर्व महसुस गरेका छौँ । यसले दर्शकको अनुभवलाई अझ उत्कृष्ट बनाउने र नेपाली सिनेमा तथा मनोरञ्जन क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने हाम्रो विश्वास छ ।”

सिनेमाले सम्पूर्ण चलचित्र प्रेमीहरूलाई यो विश्वस्तरीय ‘भिजुअल अनुभव’ लिनका लागि निम्तो समेत दिएको छ । विराटनगर महानगरपालिका वडा नं. २ मा रहेको यो सिनेमाले सधैँ दर्शकको मनोरञ्जनको साथी बन्ने प्रतिबद्धता समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।