लोड हुँदैछ...

मेनु

दुर्घटनामा बालकको मृत्यु

दुर्घटनामा बालकको मृत्यु

विराटनगर । विराटनगर–विराटचोक सडक खण्डअन्तर्गत मोरङको ग्रामथान गाउँपालिकामा हिजो साँझ भएको सडक दुर्घटनामा परी एक जना बालकको मृत्यु भएको छ ।

विराटचोकबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९७७० नम्बरको टिपरले ग्रामथान गाउँपालिका–५ ककडमाडीमा प्रदेश १–०२–०५२ प ९००५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि सवार ग्रामथान–५ का १४ वर्षीय अनुप कार्की गम्भीर घाइते भएका थिए ।

घाइते कार्कीलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषण गरेका हुन् ।

दुर्घटनामा मृतकका बुवा ३५ वर्षीय केशर कार्की घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले टिपर चालक सुन्दरहरैँचा नगरपालिका–४ का अन्दाजी २४ वर्षीय सञ्जय चौधरीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds