लोड हुँदैछ...

मेनु

हुम्लाको सर्केगाडमा आगलागी पाँच घर जले, दुई जना घाइते

हुम्लाको सर्केगाडमा आगलागी पाँच घर जले, दुई जना घाइते

काठमाडौं। हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागी हुँदा पाँच घर जलेका छन् भने दुई जना घाइते भएका छन् ।

स्थानीयका अनुसार गएराति लैबा फडेरोको घरबाट आगलागी सुरु भएको थियो । आगलागीबाट लैबा फडेरा, जयराम फडेरा, क्रान्ति फडेरा, रमेश महतारा र मोहन महताराको घरमा क्षति पुगेको छ ।

आगोमा जलेर लैबा फेडेरा र बम्बु फडेरा घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि राति नै एम्बुलेन्सबाट जिल्ला अस्पताल सिमकोट ल्याइएको छ । घाइतेको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा उमाकान्त तिवारीले बताए ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख विष्णु श्रेष्ठले आगलागीको कारण थाहा हुन नसकेको र अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।